दुर्गा प्रसाईंको नेतृत्वमा ट्याक्सी चालकले निकाले र्‍याली

Posted on: 13 Sep, 2024

भदौ २८, काठमाडौँ । ट्याक्सी चालकहरूले शुक्रबार र्‍याली निकालेका छन्। भक्तपुरबाट काठमाडौँसम्म चालकहरू र्‍यालीसहित आएका थिए। 

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले उनीहरूलाई र्‍यालीमा उतारेका हुन्। 


उनीहरूले राइड सेयरिङ बन्द गर्नुपर्ने, रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउने लगायतका माग गरेका थिए। 

उक्त र्‍याली जडिबुटी चोक आइपुग्दा ट्राफिक व्यवस्थापनमा सकस परेको थियो। चालकहरूले जडिबुटी क्षेत्रको बिच सडकमै ट्याक्सी राखेर केहीबेर अवरोध गरेका थिए। 

प्रहरीले केहीबेरमा बाटो खुलाएका थिए। प्रसाईं पनि र्‍यालीमा सहभागी थिए। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!