पोखरामा रवि लामिछाने सहभागी कार्यक्रममा सहकारी पीडितको प्रदर्शन

Posted on: 10 Sep, 2024

भदौ २५, काठमाडौँ | पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहभागी हुने कार्यक्रममा  सहकारी पीडितहरुले प्रदर्शन र नाराबाजी गरेका छन् ।

सभापति लामिछाने पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्न पोखरा आएका हुन्। सोही ब्याक्वेटबाहिर सूर्यदर्शन सहकारी संस्थाका वचतकर्ताले प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण सो क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

सहकारी पीडितहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर आफूहरूको बचत रकम हिनामिना गरेको भन्दै नाराबाजी गरेका छन् । सहकारी ठगलाई राजनीतिक संरक्षण मिलेको बताउँदै सहकारी पीडितहरूले रविविरुद्ध चर्का नाराबाजी पनि गरेका छन् । लामिछानेलाई सहकारी पीडितले कालो झन्डा देखाउँदै नाराबाजी गरेका छन् ।

रविलाई सहकारी प्रकरणमा संसदीय समितिले यसअघि नै ५१ वटा प्रश्नको जवाफ माग्दै ९ घण्टा लामो बयान लिइसकेको छ । त्यसैगरि कास्की प्रहरीले पनि काठमाडौंमै पुगेर रविसँग बयान लिएको थियो । तर, आफू प्रबन्धक निर्देशक भए पनि सहकारीको रकम ग्यालेक्सी टेलिभिजनमा ल्याउन आफ्नो संलग्नता अस्वीकार गरिरहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!