रास्वपाको केन्द्रीय समितिको बैठक आज बस्दै

Posted on: 03 Jul, 2024

असार १९, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक बिहान पार्टी केन्द्रीय कार्यालय बालाजुमा  बस्नेछ । 

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । साथै नयाँ सत्ता समीकरण, महामन्त्री डा. मुकुल ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल हुने र आफ्नो धारणा बनाउने सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

नयाँ राजनीतिक समीकरण बनेपछि सरकारमा रहेका मन्त्रीको भूमिका र सरकारलाई दिएको समर्थनबारे पनि थप छलफल हुने उनले  बताइएका  छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!