कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

Posted on: 03 Jul, 2024

असार १९, काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानीलकण्ठमा बस्दै छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमतिपछि कांग्रेसले सो सहमतिको अनुमोदनका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको बताइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!