एम्बाप्पेले मास्क लगाएर खेल्ने

Posted on: 18 Jun, 2024

असार ४, काठमाडौँ । जारी युरोकपमा अस्ट्रियाविरुद्धको खेलमा नाक फ्याक्चर भएपछि किलीयन एम्बप्पेले मास्क लगाएर खेल्ने भएका छन् ।

फ्रान्सले १-० गोलले जितेको खेलमा एम्बाप्पेको नाकमा चोट लागेको थियो । खेलपछि उनको नाक फ्याक्चर भएको पाइएपछि अब उनले बाँकी खेल मास्क लगाएर खेल्ने भएका छन् ।

फ्रेन्च फुटबल फेडेरेसनले तत्काल एम्बाप्पेको नाकको कुनै सर्जरी नहुने स्पष्ट गर्दै उनकोलागि मास्क बनाइने बताएको छ ।

फेडेरेसनले अहिले उनको नाकको उपचार जारी रहेको र उनी मास्क लगाएर खेल्ने जानकारी दिएको छ ।

फ्रान्सले जारी युरोकपमा विजयी शुरुवात गरेको छ । 

यस खेलमा खेलको ३८औँ मिनेटमा अस्ट्रियाका म्याक्सीमिलियन वोबरले गरेको आत्मघाती गोल नै निर्णायक गोल बनेको थियो । फ्रान्सका किलीयन एम्बाप्पेले हानेको बल म्याक्सिमियनले आफ्नै पोष्टमा हानेपछि गोल भएको थियो ।

समुह डी अन्तर्गत फ्रान्सले अर्को खेल जुन २२ मा नेदरल्याण्डसविरुद्ध खेल्ने छ भने अस्ट्रियाले जुन २१ मा पोल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!