आज सोमबार घट्यो सुनको मूल्य, तोलाको कति?

Posted on: 17 Jun, 2024

असार ३, काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन तोलामा १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ। अघिल्लो दिन तोलाको १८२० रुपैयाँमा कारोबार भएको चाँदी आज १८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!