हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैन- प्रधानमन्त्री प्रचण्ड

Posted on: 22 Apr, 2024

बैशाख १०, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हतार गरेर हौसिएर कम्युनिष्ट एकताको पक्षमा नभएको बताएका छन् ।

एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहकार्य गर्दै जादा एकताको वातावरण बन्ने भन्दै अहिले नै हतारिएर एकता नगर्ने बताएका हुन् ।

उनले भने- अहिले हतारमा हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनौं । त्यति बेला समय भन्दा गाडी दौडिएछकी जस्तो लाग्छ ।अहिले सहकार्य शुरु गरेका छौं । राम्रो सहकार्य गरौँ । जनतालाई राम्रो सेवा दिऊ । सहकार्य गर्दै जादा एकताको आधार तयार हुन्छ भन्ने लाग्छ ।' 

यस बिषयमा तपाइको प्रतिक्रिया...!