प्रधानमन्त्रीसहित दलका शीर्ष नेताहरूसँग छलफल गर्दै सभामुख

Posted on: 08 Apr, 2024

चैत २६, काठमाडौँ | सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित चार राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्ने भएका छन् ।
सभामुख घिमिरेले बिहान साढे १० बजे नेताहरूलाई सिंहदरवारमा बोलाएर छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

छलफलमा चार राजनीतिक दलका शीर्ष नेता प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलगायतलाई बोलाएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेमाथि अनुसन्धानका लागि संसदीय छानबिन समिति गठनको माग उठाउँदै आएको छ ।
प्रतिनिधिसभाको बैठक भोलिका लागि बोलाइएकाले त्यसअघि संसदको गतिरोध अन्त्यको प्रयासका लागि सभामुखले छलफल गर्न लागेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!