टोप बहादुर रायमाझी अस्पतालबाट डिस्चार्ज

Posted on: 30 Mar, 2024

चैत १७, काठमाडौँ | नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । 

रायमाझीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटु रोग विशेषज्ञ डा चन्द्रमणि पौडेलले जानकारी दिएका छन् । 

मुटुको चाल कम भएपछि नेता रायमाझीलाई गत बुधबार अस्पताल भर्ना गरिएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!