रास्वपाबाट अलगिए अरनिको पाँडे

Posted on: 28 Mar, 2024

चैत १५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. अरनिको पाँडेले राजीनामा दिएका छन् । सामाजिक सञ्जाल एक्समार्फत आफुले राजीनामा दिएको जानकारी गराउँदै उनले आफ्नो राजीनामा स्वीकृत भइसकेको पनि बताएका छन् । जलवायु विज्ञसमेत रहेका उनलाई सरकारले यहि चैत ८ गते राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त गरेको थियो ।


योजना आयोगका सदस्यहरुलाई कार्य क्षेत्र विभाजन गर्ने क्रममा उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण, विपद जोखिम न्यूनिकरण, जलवायू परिवर्तन र जलवायू वित्त, दिगो विकास लक्ष्य १३ र १५ एवम् गण्डकी प्रदेशको जिम्मेवारी पाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!