रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै

Posted on: 11 Mar, 2024

फागुन २८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १२  बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्नेछ ।

बैठकमा सरकारमा सहभागिता, इलाम- २ को उपनिर्वाचन र उम्मेदवार छनोटका विषयमा छलफल गर्न बताइएको छ । साथै समसामयिक राजनीतिका बारेमा पनि छलफल हुनेछ । एमाले-माओवादी केन्द्र-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतको गठबन्धन बनेपछि २३ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । 

रास्वपाले सरकारमा सहभागी भइसकेपछि सो विषयमा पनि छलफल हुने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!