राप्रपा अध्यक्ष लिङदेनको कार्यकक्षबाहिर मारपिट

Posted on: 10 Mar, 2024

फागुन २७, काठमाडौँ | राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्षबाहिर एक पुरुषमाथि कुटपिट भएको छ ।

पार्टीको कार्यसम्पादन समिति बैठकपछि नेताहरू निस्किने क्रममा कुटपिट भएको हो ।

बैठकको निर्णय जानकारी गराउन पार्टीले पत्रकार सम्मेलन आयोजना गरेको थियो । यसका लागि लिङ्देनको कार्य कक्षबाहिर रवीन्द्र मिश्र, विक्रम थापा, रोशन कार्की, उद्धव पौडेल, ज्ञानेन्द्र शाही लगायतका नेताहरूको एउटा समूह निस्कियो ।


त्यसपछि एकै छिन चकमन्न भयो । अनि एक्कासि अर्कोपट्टिबाट एक पुरुष भाग्दै आएको र केही व्यक्तिहरूले लखेटेको दृश्य लाइभ भिडियोमा कैद भएको छ । ती पुरुष को हुन् भन्ने खुलेको छैन ।

अध्यक्ष लिङ्देनको कार्यकक्षमा छिर्ने ढोकै अगाडि आएपछि एक्ला पुरुषहरूलाई केही व्यक्तिहरूले भकुर्न थाल्छन् । कुटिने व्यक्ति लिङदेनको कार्यकक्षमा प्रवेश गर्न खोज्दा समातेर मुक्कै मुक्का हानेको देखिन्छ ।

त्यसपछि भित्रबाट बुद्धिमान तामाङ, दीपक सिंह लगायतका नेताहरू आएर उत्तेजित भिडलाई रोक्छन् । कुटिएका व्यक्ति भित्र पस्छन् । कुटपिटको कारण खुलेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!