प्रचण्डले एक सय ५० भन्दा बढी विश्वासको मत पाउनुहुन्छ: एमालेका कृष्णभक्त पोखरेल

Posted on: 09 Mar, 2024

फागुन २६, काठमाडौँ | एमाले नेता कृष्णभक्त पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एक सय ५० भन्दा बढी विश्वासको मत पाउने दाबी गरेका छन ।

रिपोर्टर्स क्लब नेपालले विकसित राजनीतिक घटनाक्रमबारे दलको धारणा लिनको लागि आज (शनिबार) आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

पोखरेलले भने ‘विश्वासको मत पाउने कुरामा कुनै शंका छैन । विश्वासको मतको सुनिश्चितता छ । अहिले सरकारमा सहभागी दलहरूको सङ्ख्याको आधारमा पनि पुग्छ । अरू थप नयाँ दलहरूसँग पनि कुरा हुँदैछ । एक सय ५० भन्दा माथिको सङ्ख्यामा यो सरकारले मत पाउँछ,’।

यस बिषयमा तपाइको प्रतिक्रिया...!