माओवादी केन्द्र संसदीय दलको बैठक आज बस्दै

Posted on: 09 Mar, 2024

फागुन २६, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ । संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्ने भएको छ |

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा छलफल हुने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

बैठकमा नयाँ सत्ता समीकरण बनेसँगै संसदमा खेल्नुपर्ने भूमिका र विश्वासको मत लिने सन्दर्भमा पनि छलफल हुने बताइएको छ । समय लम्बिँदै जाँदा सरकारविरुद्ध चलखेल बढ्न सक्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल जतिसक्दो चाँडो विश्वासको मत लिने योजनामा छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!