प्रचण्डलाई कांग्रेसको प्रश्नः ‘तपाईँबाट धोका पाएका सबै एक ठाउँमा उभिए के हुन्छ ?’

Posted on: 07 Mar, 2024

फागुन २४, काठमाडौँ |  नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धोका दिन बाँकी कुनै दल नै नरहेको टिप्पणी गरेका छन् ।


आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रचण्डबाट धोका खान बाँकी एमाले, कांग्रेसलगायत कुनै दल बाँकी नरहेको बताए । उनले प्रधानमन्त्री प्रचण्डबाट धोका पाएकाहरु एक ठाउँमा उभिनसक्ने संकेत गरे ।

‘म कुन निश्कर्षमा पुगेको छु भने अब धोका दिन कोही बाँकी रहेन । तर, एकचोटी सोच्नुस् यी जम्मै धोका पाएका एक ठाउँमा उभिए तपाईँका विरुद्ध भने कहाँ पुग्नुहोला ? हेक्का राख्नुहोला,’– उनले भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!