सिंहदरबारमा पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठक बस्दै

Posted on: 07 Mar, 2024

फागुन २४, काठमाडौँ | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । एमाले नेतृत्वको नयाँ गठबन्धनसँगै बनेको सरकारको यो पहिलो क्याविनेट बैठक हो । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार विस्तार गरेको मन्त्रिपरिषद्मा २० जना सदस्य छन् ।

नयाँ सत्तागठबन्धनमा एमाले, माओवादी, रास्वपा र नेकपा एस सहभागी छन् । जसपाले आज सरकारमा जाने निर्णयसहित मन्त्री पठाउने तयारी गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!