प्रतिनिधिसभाको बैठक आज बस्दै (यस्तो छ कार्यसूची)

Posted on: 07 Mar, 2024

फागुन २४, काठमाडौँ | संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्दैछ ।

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरण कुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९–०८०) पेस गर्ने कार्यक्रम रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!