सपथ ग्रहणको समय सर्‍यो, वालुवाटारमा माधव नेपाल कुर्दै प्रधानमन्त्री

Posted on: 06 Mar, 2024

फागुन २३, काठमाडौँ | आज विस्तार हुने मन्त्रिमण्डलको सपथ ग्रहण समारोह सरेको छ ।

साँझ ५ बजे हुने भनिएको सपथ ग्रहण अब ५ः४५ बजे हुने भएको छ । प्रधानमन्त्रीकाे सचिवालयले राष्ट्रपति भवनमा समय सरेकाे जानकारी दिएकाे छ ।

उता, ‘सर्त पुरा गरे मात्रै’ सरकारमा सहभागी हुन सक्ने निर्णय नेकपा एसले गरे पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिखेर नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाइ वालुवाटारमा कुरिरहेका छन ।

प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग कुराकानी गरे पछि मात्रै सपथ ग्रहण समाराेहमा सहभागी हुन शितल निवास जानेछन ।

जसका कारण सचिवालय बैठक सकिने बितिक्कै नेकपा एसका अध्यक्ष उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल लिएर बालुवाटार हिडेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!