नेकपा एसको सचिवालय बैठक सुरू, सरकारमा जाने नजाने निर्णय हुने

Posted on: 06 Mar, 2024

फागुन २३, काठमाडौँ | नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाए पछि त्यसमा सामेल हुने वा नहुने भन्ने निर्णय लिन सचिवालय बैठक बोलाएको हो ।

तर, आज बिहान भएको भेटघाट पछि भने वैकल्पिक सत्ता गठवन्धनका लागि पहलकदमी गरिरहेको कांग्रेसले नेकपा एस नेता माधवकुमार नेपाल ‘कन्भिन्स’ भएको बताएको छ ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सभापति शेरबहादुर देउवा र रमेश लेखकबिच भेटबार्ता भए पछि कांग्रेसले सो दावी गरेको हो ।

सो भेटवार्तामा सहभागी कांग्रेस नेता रमेश लेखकले अध्यक्ष नेपालसँग खुलेर कुराकानी भएको र छलफल सकारात्मक भएको जनाएका छन ।

‘परिवर्तित विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ, कांग्रेस र नेकपा एसका बिचमा सकारात्मक कुराकानी भएको छ, छलफललाइ निरन्तरता दिने गरी आजको कुराकानी भएको छ’ उनले भनेका छन् । 

हिजो नेकपा एसका अध्यक्ष नेपाललाइ भेटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू कोटेश्वर पुगेका थिए । 

एमाले र माओवादी तथा कांग्रेसको पनि प्रस्ताव पछि आवाश्यक निर्णय लिन नेकपा एसको सचिवालय बैठक सुरू भएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!