बालुवाटारमा नयाँ गठबन्धनको बैठक (तस्बिरहरु)

Posted on: 04 Mar, 2024

फागुन २१, काठमाडौं | प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसँग सहकार्य थाल्ने निर्णय गरेपछि बालुवाटारमा बैठक बसेको हो ।


गठबन्धनमा फेरबदलसँगै आज सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी छ । एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बन्दैछन् भने रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी लिएर सरकारमा जाँदैछन् ।

बैठकमा माओेवादीबाट प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, एमालेबाट ओलीसहित उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेल र रास्वपाबाट सभापति लामिछाने सहभागी छन् ।


नयाँ गठबन्धनसँग जनमत र नागरिक उन्मुक्ति पार्टी पनि संवादमा छन् भने माओवादीले माधव नेपाल नेतृत्वको नेकपा एसलाई पनि समेट्ने निर्णय गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!