संघीय संसदका ८ समितिका बैठक एकैपटक बस्दैँ

Posted on: 27 Feb, 2024

फागुन १५, काठमाडौं | संघीय समितिका ८ वटा समितिका बैठक आज बस्दैँछन् ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा ८ वटा समितिका बैठक बस्न लागेको हो । 

जस अनुसार अर्थ समिति, कानून, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समितिसहित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैँछ ।

आजै  सार्वजनिक लेखा समिति दिगो विकास तथा सुशासन समिति विधायन व्यवस्थापन समिति राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्न लागेको संघीय संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार ११ बजे देखी दिउँसो २ बजेका लागि बैठकहरू बोलाइएका छन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!