राजेन्द्र महतोले छाडे लोसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

Posted on: 26 Feb, 2024

फागुन १४, काठमाडौँ | लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन्।

काठमाडौंको राष्ट्रिय सभा गृहमा सोमबार कार्यक्रम गर्दै उनले लोसपा परित्याग गरेको घोषणा गरेका हुन्।

पत्रकार सम्मेलन गर्दै उनले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरे। बहुल राष्ट्रिय राज्य बनाउने लक्ष्य रहेकाे जनाएका छन्।

लोपपामा वरिष्ठ नेता रहेका महतो असन्तुष्ट थिए। अध्यक्ष महन्थ ठाकुरले गरेको पदाधिकारी मनोनयनप्रति असन्तुष्ट उनले मंसिरको केन्द्रीय समिति समेत बहिस्कार गरेका थिए।

उनले भने, ‘नेपाली समाजको सत्वसँग मेल नखाने यिनीहरुको वैचारिकी धराशयी गराएपछि मात्र स्वदेशीय सभ्यताको आत्मिक जगमा बहुल राष्ट्रिय राज्य व्यवस्थाको निर्माण सम्भव छ । नेपाल राज्यको प्राकृतिक सत्ता भनेको बहुल राष्ट्र हो, सोतर्फ नेपालको राजनीतिक स्वभाविक रुपले अगाडि बढ्छ नै। तसर्थ देशको विद्यमान सबै प्रकारका विभेद, असमानता, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार, कुसंस्कार संस्कृतिबाट देशलार्य मुक्ति दिलाई देशका सबै वर्ग, समूदाय, धर्म,जातजाति, क्षेत्र, लिङका जनतालाई अधिकार, पहिचान, स्वशासन, सुशासन, समृद्धि तथा सामाजिक न्याय प्रदान गर्नको लागि विगतमा जस्तै मधेशी, आदिवासी, जनजाति, थारु, दलित, मुस्लिम, पिछडा वर्गलगायत सबै एकमत भई मिलेर जुटौं र आफ्नो सत्ता हाँसिल गरौं भनेर राष्ट्रिय मुक्ति क्रान्ति गर्नुको विकल्प नै रहेन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!