दीपेशले लिए अफगानिस्तानको नवौं विकेट

Posted on: 26 Jan, 2024

माघ १२, काठमाडौं | आईसीसी यू–१९ विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानको नवौं विकेट लिएको छ। नेपालका स्पिनर दीपेश कँडेलले अफगानिस्तानका नासीर खानलाई आउट गरेका हुन्। 

३७.४ ओभरमा दीपेशले आफ्नै बलमा खानलाई क्याच गरेका थिए। अफगानिस्तान ९ विकेटको क्षतिमा १४५ रन बनाएर खेल्दैछ। यसअघि नेपालका आकाश चन्दले पाँच विकेट, गुल्सन झा तथा तिलक भण्डारीले १-१ विकेट लिएका थिए।


टस जितेको अफगानिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। नेपालले पहिलो ओभरमै अफगानिस्तानको विकेट लिएको थियो। नेपालका गुलशन झाले अफगानिस्तानका ओपनिङ ब्याटर नुमान शाहलाई दिपक डुम्रेबाट क्याचआउट गराए।  त्यसपछि निरन्तर विकेट चन्दले लिएका छन्।   

११ ओभर सकिँदा अफगानिस्तानले ४३ रन बनाएको छ। यसअघिका २ खेलमा हार बेहोरेको नेपालले सुपर सिक्समा पुग्नलाई अफगानिस्तानलाई हराउनै पर्नेछ। 

नेपाल समूह चरणको पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रन र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!