प्रदीप परियार काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा

Posted on: 19 Jan, 2024

माघ ५, काठमाडौँ | सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई सरुवा गरेको छ।

सरकारले गरेको २९ जना सहसचिव सरुवा अनुसार काठमाडौंमा योजना आयोगमा रहेका परियार सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले जानकारी दिइन् । 

यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई भने मधेसी आयोगमा सरुवा गरेको छ । 

स्वास्थ्यको कर्मचारी नियुक्तिमा चलखेल गरेको भन्दै अधिकारी र मेयर बालेन शाहबिच विवाद सुरु भएको थियो । विवादकै बिच शाहकै निर्देशनमा अधिकारीको कार्यकक्षमा ताला लगाइएको थियो । मेयर बालेन्द्र शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बिदामा बस्न दबाव दिएपछि उनी बिदामा थिए । अधिकारीको बिदाबाटै मधेशी आयोगमा सरुवा गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!