विप्लवलाई पक्राउ पुर्जी जारी गर्ने न्यायाधीशको पुतला दहन

Posted on: 06 Dec, 2023

मङ्सिर २०, काठमाडौँ | नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले न्यायाधीश कमल प्रसाद ज्ञवालीको पुतला दहनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

बुधबार अखिल क्रान्तिकारीले काठमाडौँको बुद्धनगर चोकमा न्यायाधीश ज्ञवालीको पुतला दहन गरेको थाहा पाएपछि प्रहरी पुगेर पुतला नियन्त्रणमा लिनुका साथै सहभागीहरूलाई तितरबितर पारेको थियो । पुतला दहन गर्न अखिल क्रान्तिकारी नेताहरू नरेन्द्र सी, लोकराज जोशी लगायत  १५/२० जनाको उपस्थिति रहेको थियो ।


काठमाडौँ जिल्ला अदालतले विप्लव लगायतका नेताहरूलाई अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको विरोधमा पुतला दहन गरेको अखिल क्रान्तिकारीले जनाएको छ । त्यस क्रममा विद्यार्थीहरूले सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने लगायतका नारा लगाएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!