आज एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

Posted on: 04 Dec, 2023

मङ्सिर १८, काठमाडौं | नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दैछ । आज बिहान ११ बजे ६९ औँ केन्द्रीय सचिवालय बैठक बस्न लागेको महासचिव घनश्याम भुसालले जानकारी दिए । 

उनका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी, अपानी ११ लगायतका विषयमा छलफल हुने छ । पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो ।

सो समयमा राष्ट्रियसभाको निर्वाचन हुने भएकोले महाधिवेशन सर्ने भएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । उनका अनुसार बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल  र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे रणनीति तय गरिनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!