भरतपुरकी मेयर रेनु दाहालको बदनाम गरेको आरोपमा रास्वपा निकट २ जना पक्राउ

Posted on: 22 Nov, 2023

मङ्सिर ६, चितवन  | भरतपुर महानगरका मेयर रेनु दाहालको सामाजिक सञ्जाल मार्फत बदनाम गर्न खोज्ने राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना कार्यकर्तालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका घर भएका शिव शर्मा र भरतपुर महानगरपालिका वडा नं. ७ बस्दै आएका उपेन्द्र देवकोटा रहेका छन् । उनिहरु दुवैलाई मंगलवार राति आ-आफ्नै घरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


राष्ट्रिय स्वतन्त्र पार्टि निकटका शर्माले पत्रकार सन्तोष देउजा र भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको तस्विरलाई तोडमोड गरि सामाजिक सञ्जाल मार्फत बदनाम गरेका थिए भने देवकोटाले सोहि पोष्टलाई सेयर गरेका थिए । पक्राउ परेका दुवैजनाको बारेमा अनुसन्धान भैरहेको प्रहरी स्रोतले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!