प्रधानमन्त्री दाहाल मुस्ताङमा

Posted on: 18 Oct, 2023

कार्तिक १, जोमसोम | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहान मुस्ताङको जोमसोम गएका छन्।

जलवायु परिवर्तन र हिमाली क्षेत्रको तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न प्रधानमन्त्री प्रचण्ड बुधबार बिहानै जोमसोम गएका हुन्। सो क्रममा प्रधानमन्त्रीले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग समेत अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । 

‘मुस्ताङमा प्रधानमन्त्रीज्यूले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ,’ प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिएका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!