केदार कार्कीलाई मुख्यमन्त्रीमा गरेको दाबी फिर्ता लिन कांग्रेसको आग्रह

Posted on: 13 Oct, 2023

असोज २६, विराटनगर । नेपाली कांग्रेसको कोशी कार्यसम्पादन समितिले सांसद केदार कार्कीलाई मुख्यमन्त्रीमा गरेको दाबी फिर्ता लिन अनुरोध गरेको छ ।

शुक्रबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीमा दाबी पेस गरेका केदार कार्की र उनको समर्थनमा हस्ताक्षर गरेका सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध हो ।

सत्तारूढ गठबन्धनले कोशीमा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । सो निर्णय अस्वीकार गर्दै कांग्रेसको डा. शेखर कोइराला समुहका केदार कार्कीले एमालेको समर्थनमा मुख्यमन्त्रीआमा दाबि पेश गरेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!