पहिचानवादी र दुर्गा प्रसाईंका समर्थकद्वारा झापामा नेता बस्नेतसहित एमाले कार्यकर्ताको गाडी तोडफोड

Posted on: 12 Oct, 2023

असोज २५, काठमाडौँ | झापाको अर्जुनधारामा एमाले नेता–कार्यकर्ताको गाडी तोडफोड भएको छ। एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रममा उपस्थित भएकाहरुको गाडी तोडफोड भएको हो।

प्रहरीका अनुसार पहिचानवादी र दुर्गा प्रसाईंका समर्थक तथा कार्यकर्ताले तोडफोड गरेका हुन्। अर्जुनधारामा राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशन थियो।


सोही कार्यक्रममा सहभागी हुन गएका नेता कार्यकर्ताको गाडी तोडफोड भएको हो। तोडफोडबाट सात वटा गाडीका सिसा फुटेको छ। तोडफोडमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!