मासले हिरो खोज्यो, पूर्वराजा नै नेता बनेर नआउलान् भन्न सकिँदैन– नारायण खड्का

Posted on: 25 Sep, 2023

असोज ८, काठमाडौँ | कांग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्काले समाज र नागरिकहरू विद्रोही भएको भन्दै हिरो खोज्ने क्रममा पूर्वराजा नै आउन सक्ने टिप्पणी गरेका छन् ।

पार्टी केन्द्रीय समितिको बैठकमा बोल्दै खड्काले समाज विद्रोही भइसकेकाले जिम्मेवार बन्नुपर्ने बताएका हुन् । 


‘मास र समाज विद्रोही भइसकेको छ । मासले हिरो खोजेको छ । मासलाई गोलबन्द गर्ने नेता नपाएपछि, धार्मिक असहिष्णुता देखाउने, बम र खुकुरी बोक्ने क्रम शुरू भएको छ । मासलाई गोलबन्द गर्ने नेता नभएपछि यस्ता प्रवृत्ति विकृत रूपमा आउँछन् । यो अप्ठ्यारो अवस्था हो । खड्काले भने, ‘दुई वर्षपछि नेतृत्वमा हाम्रो पालो आउँछ । त्यो बेला अवस्था यस्तै हुन्छ कि सुध्रिन्छ ? ह्रासोन्मुख हुन्छ कि यस्तो अवस्थामा नेतृत्व गर्नुपर्ने हो ?’

पूर्वराजाको पक्षमा भक्तपुरमा प्रदर्शन भएको भन्दै खड्काले उनैलाई नेता बनाएर ल्याए अचम्म मान्नुनपर्ने बताए । 

‘मासले हिरो खोज्ने क्रममा भक्तपुरमा पूर्वराजाको पक्षमा प्रदर्शन भयो,’ उनले भने, ‘भोलि पूर्वराजा नेता बनेर बनाएर आउने अवस्था नआउला भन्न सक्दिनँ ।’

नागरिकमा निराशा भएकाले जिम्मेवार हुनुपर्ने उनले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!