कोशी प्रदेश सकारबारे आजै गर्ने छ सर्वोच्चले फैसला

Posted on: 27 Jul, 2023

साउन ११, काठमाडौँ | कोशी प्रदेश सरकार गठनविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले खाजा समयपछि निर्णय सुनाउने भएको छ।

न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बुधवार बहस सकिए पनि आजलाई हेर्दाहेर्दैको पेशी तोकिएको थियो।

उक्त इजलासले आज खाजासमयपछि आदेश सुनाउने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन्।

प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापालाई असंवैधानिक रूपमा नियुक्त गरेको भन्दै नेकपा एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए।

प्रदेशमा थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेको विरूद्ध एमाले सर्वोच्च पुगेको हो।

कार्कीले रिटमा संविधानको धारा १६८ उपधारा २ अनुसार थापाको नियुक्ति अवैध भएको दाबी गर्दै नियुक्ति खारेज गर्न र धारा १६८ को उपधारा ३ अनुसार आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको मागसमेत गरेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!