चितवन-२ मा कांग्रेस र एमालेभन्दा रास्वपाका लामिछाने ३६,१८१ मतान्तरले अगाडि

Posted on: 25 Apr, 2023

बैशाख १२, चितवन | चितवन-२ मा शानदार मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणामअनुसार लामिछानेले ४४४८६ मतसहित अग्रस्थानमा छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनका निकटतम् प्रतिद्वन्द्विभन्दा ३६ हजार १८१ मतान्तरले रबि लामिछाने अगाडि रहेका छन्।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका जीतनारायण श्रेष्ठले ८२७५ मत ल्याएर दोस्रो स्थानमा छन् भने 

एमालेका रामप्रसाद न्यौपाने ८२१७ मतसहित तेस्रो स्थानमा छन्। चितवनको इच्छाकामना, भरतपुर र कालिका-२ सम्मको मतगणना भएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!