चितवन २ को मत परिणाम आउन सुरु, एमालेले लियो अग्रता (कसको कति ?)

Posted on: 24 Apr, 2023

वैशाख ११, काठमाडौँ । चितवन २ को उपनिर्वाचनको मतगणनामा एमालेले अग्रता लिन सुरु गरेको छ । एमालेका उम्मेदवार राम प्रसाद न्यौपानेले सुरुवाती अग्रता लिएका छन् । 

सोमबार दिउँसो मतगणना सुरु भएपछि पहिलो पटक सार्वजनिक भएको मतपरिणाममा न्यौपानेले ३६७ मत मतसहित अग्रता लिएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उम्मेदवार रवि लामिछानेले ३१९ मत पाएर पछ्याईरहेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले २४ मत पाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!