चितवन–२ मा एमालेका न्यौपानेको झिनो अग्रता, दोस्रो स्थानमा लामिछाने (अपडेट)

Posted on: 24 Apr, 2023

बैशाख ११, काठमाडौँ | चितवन–२ मा भएको उपनिर्वाचनको पहिलो अपडेट प्राप्त भएको छ ।

इच्छाकामना गाउँपालिकाको मतगणनामा एमाले उम्मेदवार रामप्रसाद न्यौपान्नेले रास्वपाका रवि लामिछानेमाथि झिनो अग्रता कायम गरेका छन् ।

प्राप्त परिणाम अनुसार न्योपानेले ३६७ मत ल्याउँदा अग्रता बनाएका हुन् । दोस्रो स्थानमा रास्वपाका लामिछानेको ३१९ मत छ । कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ भोट ल्याएर तेस्रो स्थानमा छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!