चितवन २ मा ५९ प्रतिशत मत खसेको प्रारम्भिक तथ्यांक, मंसिर ४ को भन्दा घट्यो

Posted on: 23 Apr, 2023

वैशाख १०,  चितवन । चितवन २ मा सम्पन्न उपनिर्वाचनमा ५९ प्रतिशत मतदान भएको छ ।

प्रहरीले अहिले ५ बजेसम्म संकलन गरेको तथ्यांकअनुसार ७३ हजार ४ सय ५६ अर्थात् ५८.९ प्रतिशत मत खसेको हो । केही मतदान केन्द्रहरुमा मतदान हुँदैछ ।

चितवन २ मा १ लाख २४ हजार ६९७ जना मतदाता छन् । यसअघिको निर्वाचनमा ८४ हजार १७ मत खसेको थियो । मतदाताको संख्या १ लाख २४ हजार २१७ जना अर्थात् ६७.६३% मत खसेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!