रास्वपाले माफी माग्ने सहमतिपछि किरण माविको मतदान सुचारु

Posted on: 23 Apr, 2023

वैशाख १०, काठमाडौँ । चितवन २ अन्तर्गत नयाँ किरण कमल कुसुम मावि भरतपुर ११ मतदान केन्द्रमा रास्वपाले आचारसंहिता उल्लंघन गरेकोमा क्षमायाचना गरेको छ । मतदानस्थलमा घण्टी बजाउँदै नाराबाजी गरेपछि झडप भएको थियो ।

झडपका कारण स्थगित भएको मतदान सर्वदलीय सहमतिसँगै ४ घण्टापछि सुचारु भएको छ । दलहरूबीच ४ बुँदे सहमति भएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!