फेसबुक लाइभमा आउँदै रविले भने- मतदानस्थलमा जाने अवस्था रहेन, एउटा माघले जाडो जाँदैन

Posted on: 23 Apr, 2023

वैशाख १०, काठमाडौँ । चितवनमा आफूमाथि हुलहुज्जत भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले तत्काल आफूलाई मतदानस्थलमा जाने अवस्था नरहेको बताएका छन् ।

फेसबुक लाइभमा आउँदै उनले एउटा माघले जाडो नजाने भन्दै अन्य पार्टीलाई चितवनका जनताले हेरिरहेको जिकिरसहित संयम बन्न आग्रह गरेका छन् ।

‘जुन किसिमको घटना भएको छ, यसलाई जनताले हेरेका छन् । सामान्य स्वागतको कुरा थियो । हामी झडप र गुण्डागर्दीमा विश्वास गर्दैनौं’, उनले भने । उनले एउटा माघले जाडो नजाने भन्दै अन्य पार्टीलाई चितवनका जनताले हेरिरहेको जिकिरसहित संयम बन्न आग्रह गरेका छन् ।

‘जुन किसिमको घटना भएको छ, यसलाई जनताले हेरेका छन् । सामान्य स्वागतको कुरा थियो । हामी झडप र गुण्डागर्दीमा विश्वास गर्दैनौं’, उनले भने ।

निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै मतदान केन्द्रमा मतदातासँग कुराकानी गरिरहेको अवस्थामा उनीमाथि हुलहुज्जत भएको थियो । निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै मतदान केन्द्रमा मतदातासँग कुराकानी गरिरहेको अवस्थामा उनीमाथि हुलहुज्जत भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!