उपेन्द्र, पुरुषोत्तम र रमेशले भोट हाल्न नपाउने, शिवचन्द्रले गरे मतदान

Posted on: 23 Apr, 2023

वैशाख १०, बारा । बारा क्षेत्र नम्वर २ को उपनिर्वाचनमा जनमत पार्टीबाट उम्मेदवार बनेका शिवचन्द्र कुशवाहाले मतदान गरेका छन् ।

महागढीमाई नगरपालिका-२ बरैयाटोलस्थित स्वास्थ्य चौकी मतदान केन्द्रमा उनले मतदान गरे । भोट हालेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले जनताले आफूलाई विजय गराउने विश्वास व्यक्त गरे ।


अहिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट चुनाव लडेका कुशवाहा थोरै मतान्तरले पराजित भएका थिए । सो क्षेत्रबाट निर्वाचित जसपाका रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको छ ।

उपनिर्वाचनमा माओवादीबाट टिकट नपाउने भएपछि कुशवाहा जनमतमा प्रवेश गरी उम्मेदवार बने ।

कुशवाहासँगै प्रतिस्पर्धामा रहेका सत्ता गठबन्धनका जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेलले भने भोट हाल्न नपाउने भएका छन् ।

एमालेका पौडेल बारा-३ को मतदाता रहेको, जसपा नेपालका यादवको सप्तरीमा मतदाता नामावली रहेको तथा खरेलको काठमाडौंमा मतदाता नामावली रहेकाले मतदान गर्न नपाउने भएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!