चितवनमा एक मतदाताको नामबाट अर्कैले मतदान गरेको खुलासा

Posted on: 23 Apr, 2023

वैशाख १०, चितवन । चितवन निर्वाचन २ अन्तर्गत भरतपुर-२ मा रहेको बालकुमारी माध्यमिक विद्यालय मतदान केन्द्रमा एक मतदाताको नाममा अर्कैले मतदान गरेको खुलासा भएको छ । 


लक्ष्मी गुरुङले नाम रुजु गरेर मतदान स्थलभित्र गएपछि मतदान भइसकेको पाइएको हो । उनलाई नागरिकता लिएर आउन भनिएको छ । 

बालकुमारी माद्यामिक विद्यालय केन्द्रका मतदान अधिकृत मधुराम दवाडीले थप परिचयपत्र ल्याएमा मतदानको व्यवस्था गरिने जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!