बारा–२ मा उपेन्द्र यादवको उम्मेदवारी मनोनयन दर्ता

Posted on: 03 Apr, 2023

चैत २०, बारा | बारा–२ मा सत्ता गठबनधनका तर्फबाट जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । 

यादव पार्टी नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । सो क्षेत्रमा रास्वपाका रमेश खरेल एमालेका तर्फबाट पुरुषोत्तम पौडेलले उम्मेदवारी दिँदैछन् ।

यादवको प्रस्तावकमा नवलकिशोर यादव र समर्थकमा नारायण यादव रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!