तनहुँ १ : एमालेबाट पूर्वआईजीपी सर्वेन्द्र खनालले गरे मनोनयन दर्ता

Posted on: 03 Apr, 2023

चैत २०, काठमाडौँ | नेकपा एमालेका नेता तथा पूर्वआईजीपी सर्वेन्द्र खनालले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गराएका छन् । खनालले मुख्य निर्वाचन अधिकृत कार्यालय तनहुँ पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उक्त क्षेत्रमा उनीसहित अहिलेसम्म ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल मजदुर किसान पार्टीतर्फ रामप्रसाज प्रजापति र राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट पूर्णबहादुर रानाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले जनाएको छ । 

 

गत मंसिरमा भएको निर्वाचन निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्र रिक्त छ । उक्त क्षेत्रमा वैशाख १० गतेका लागि निर्वाचन तोकिएको छ । नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट अर्थविद् डा. स्वर्णीम वाग्लेले पनि उम्मेदवारी दर्ता गराउने तयारीमा छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!