प्रत्यारोपण गर्न झिकिएको दाताको मिर्गौला छाडेर वीर अस्पतालका चिकित्सक हिँडेपछि...

Posted on: 20 Oct, 2022

कात्तिक ३, काठमाडौँ | बिरामीलाई प्रत्यारोपण गर्न दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपण नगरेपछि वीर अस्पतालमा तनाव भएको छ । मंगलबार धादिङकी ३२ वर्षीय महिलामा  प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला दुई डाक्टरले सम्बन्धित पक्षलाई जानकारी नै नगराइ अलपत्र छाडेर हिँडेको आरोप लागेको हो । 


ती महिलालाई उनकी ५८ वर्षीया सासुले मिर्गौला दिने तयारी गरेकी थिइन् । मिर्गौला प्रत्यारोपणको तयारी सर्जनद्वय डा. पारसमणि नेपाल र डा. अनिल श्रेष्ठले गरेका थिए । निकालिएको मिर्गौला काम नलाग्ने भएको भन्दै नेपाल र श्रेष्ठ बिरामी र बिरामीका आफन्तलाई जानकारी नदिइ अस्पतालबाट हिँडेका हुन् । यस घटनापछि बिरामीका आफन्त आन्दोलित भएका छन् । 

अस्पतालका प्रमुख  डा.भुपेन्द्र बस्नेतले वीरमा भएको घटनालाई पुष्टि गर्दै यसलाई अनपेक्षित घटना भएको प्रतिक्रिया दिए ।  डा.बस्नेतले भने, ‘अनएक्पेटेट कुरा भयो, यस विषयमा किन यस्तो भयो भनेर हामीले छलफल गरिरहेको छौँ । यो प्राविधिक विषय भएकाले यसमा छानविन लागि समिति बनाएका छौं, सो समितिको प्रतिवेदनको आधारमा आगाडि बढ्छौँ’, उनले भने।

यसैबीच घटनाबारे बुझ्न दुवै चिकित्सकलाई बोलाउँदा समेत उनीहरु अस्पतालमा नआएको अस्पताल स्रोत जनाएको छ । उनीहरुलाई प्रमुख डा.बस्नेतले नै अस्पतालमा बोलाएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!