ओमानमा बन्धक रहेकी महिला तेस्रो तलाबाट हामफालेर नेपाल फर्किइन्

Posted on: 13 May, 2023

बैशाख ३०, काठमाडौँ | ओमानमा करिब दुई महिनादेखि बन्धक बनाइएकी चितवनकी ४८ वर्षीया महिला सारी सहयोगले तेस्रो तलाबाट भाग्न सफल भएकी छिन् । उनको भाग्ने क्रममा खुट्टा भाँचिएको थियो भने अन्य शरीरका भागमा पनि चोटपटक लागेको थियो । उनी फागुनमा ओमान पुगेकी थिइन् । ओमान पुगेको केही दिनमै एजेन्टले उनीसँग भएको कागजातसहित मोबाइल पनि खोसिदियो र एउटा कोठामा बन्द गरिदिएको उनले बताइन् । त्यस बन्द कोठामा पन्जाबीसहित भारतीय ११ जना, नेपाली ५ र श्रीलंकन १ जना रहेको ती महिलाले जानकारी दिइन् । उनी करिब दुई महिनासम्म परिवारसँग सम्पर्कविहीन थिइन् ।

बन्धक कोठाबाट सबैजना भाग्ने योजना थियो । तर त्यो असम्भव भयो । भारतीय महिलाले लगाएका तीनओटा सारी गाँसेर नेपाली ५ जना नै  भाग्न सफल भएका थिए । भाग्ने क्रममा सारी फुस्किएर ती ४८ वर्षीया महिला लडेको हुँदा भारतीय र श्रीलंकन डराएर त्यही बन्द कोठामै रहेको ती महिलाको कथन छ । यो समाचार नागरिक दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!