सलमान खानको बुबालाई धम्की

Posted on: 19 Sep, 2024

असोज ३, काठमाडौँ  ।  बलिउड अभिनेता सलमान खानका बुबा सलिम खानलाई धम्की आएको छ । बिहीबार बिहान मर्निङ वाकमा निस्किएका सलिम खानलाई बुर्का लगाएकी एक महिलासहितले लरेन्स बिश्नोईको नामबाट धम्की दिएको भारतीय सञ्चारमाध्यमहरूमा खबर छ । 

समाचार अनुसार अभिनेताको परिवारले बान्द्रा पुलिस स्टेसनमा यस बारे उजुरी दिएको छ । सलमान खानको परिवारलाई लरेन्सको नाममा धम्की आएको यो पहिलो पटक भने होइन । यसअघि १४ अप्रिलमा सलमान खानको मुम्बईस्थित घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर फायरिङ भएको थियो ।


खबरका अनुसार सेप्टेम्बर १८ मा सलिम खान ब्यान्डस्ट्यान्ड क्षेत्रमा बिहान टहल्न निस्किएका थिए । त्यसपछि स्कुटरमा सवार एकजना पुरुष र बुर्का लगाएकी एउटी महिला उनी  नजिक आएर ‘ठिकसँग रहनुस्, नत्र मैले लरेन्सलाई पठाइदिन्छु ?’ भनेर भने । सलिम खानले के भइरहेछ भनेर बुझ्नुअघि नै दुवै जना फरार भइहाले । धम्की दिने को हुन् भनेर अहिलेसम्म थाहा हुन सकेको छैन । बान्द्रा प्रहरीले सलमान खानका बुवा सलिम खानलाई धम्की दिएको मामिला दर्ता गरेर एक आरोपीलाई पक्राउ गरेको छ ।

तर, ती महिला भने अझै फरार छिन् ।यसै वर्ष अप्रिल १४ मा मोटरसाइकलमा सवार दुई अज्ञात व्यक्तिले मुम्बईको बान्द्रामा रहेको सलमान खानको घर बाहिर चार राउन्ड गोली हानेका थिए । अनुसन्धानको क्रममा सो आक्रमण ग्याङ्गस्टर लरेन्स बिश्नोई गिरोहले गराएको भेटियो । यस घटनामा प्रहरीले छ जनालाई गिरफ्तार समातेको थियो । एक आरोपीले जेलमै आत्महत्या गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!