टर्किएमा राष्ट्रपति पदका लागि मतदान शुरु

Posted on: 28 May, 2023

जेठ १४, एजेन्सी | टर्किएमा राष्ट्रपति पदका लागि मतदान शुरु भएको छ । वर्तमान राष्ट्रपति रेसेप तैयिप एर्डोगान र उनका प्रमुख प्रतिद्वन्द्वी केमाल किलिचदारोग्लु राष्ट्रपतिका प्रत्यासी हुनुहुन्छ ।

गत वैशाख ३१ गते भएको राष्ट्रपति र संसदीय निर्वाचनमा करिब पाँच करोड ४० लाख अर्थात्  ८६.९८ प्रतिशतले नागरिकले मतदान गरेका थिए । उक्त निर्वाचनमा मतदाताको उत्साहप्रद सहभागिता रहेको थियो । हालै १८ वर्ष पुगेका करिब ५० हजार नयाँ मतदाताको  चुनावमा पहिलोपटक आफ्नो मताधिकार प्रयोग गरेका थिए । 

पहिलो चरणको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति एर्दोगानले ४९.५२ प्रतिशत मत प्राप्त गर्नुभएको थियाभने किलिचदारोग्लुले ४४.८८ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!