चेक बाउन्स मामिलामा फसे राजपाल यादव, जेल जाने सम्भावना

Posted on: 27 Jun, 2024

असार १३, काठमाडौँ । बलिउड अभिनेता राजपाल यादव चेक बाउन्स मामिलामा फसेका छन् । अभिनेता यादवलाई २९ मेमा दिल्लीको कडकडडूमा अदालतले २९ जुनभित्र १४ करोड भारु जम्मा गर्न आदेश दिएको थियो । यो आदेश पालना नभएमा राजपाल जेल जान सक्नेछन् । राजपालले यस विषयमा अहिले कुनै प्रतिक्रिया दिएका छैनन् ।

राजपालले सन् २०१० मा ‘आता पता लपता’ फिल्म बनाउन आफूसँग ५ करोड भारु ब्याजमा लगेको मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेडका निर्देशक उद्योगी माधौगोपाल अग्रवालले बताएका छन् । ब्याजसहित सो कर्जा १० करोड भारु पुगिसकेपछि उनले अभिनेतासँग आफ्नो पैसा फिर्ता मागे ।

बारम्बार पैसा मागेपछि राजपालले पनि उनलाई ५ करोड भारुको चेक दिए । तर यो चेक बाउन्स भएपछि कम्पनीले उनी विरुद्ध मुद्दा दायर गर्‍यो । यस मामिलामा राजपाल जेल पनि गएका थिए । मे २९ मा दिल्लीको कडकडडुमा अदालतले राजपाललाई ३० दिनभित्र करिब १४ करोड रुपैयाँ बुझाउन आदेश दिएको छ ।

रकम नतिरे राजपाललाई तीन महिना जेल चलान गर्न अदालतले आदेश दिएको छ । अहिलेसम्म आफूले पैसा न पाएको माधौगोपालले बताएका छन् । राजपालले माधौगोपाललाई सिधै पैसा दिन सक्छन् वा अदालतमा डिमान्ड ड्राफ्ट पेस गर्ने विकल्प पनि उनी सामु छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!