बसबाट खसेर बालिकाको मृत्यु

Posted on: 09 May, 2024

बैशाख २७, काठमाडौँ । ललितपुरमा बसबाट खसेर महांकाल गाउँपालिका-६ ठूलादुर्लुङकी चार वर्षीया आर्या सन्जेलको मृत्यु भएको छ ।

बिहीबार बिहान पौने १० बजे गोदावरी नगरपालिका-१० टाखेलमा बा ४ ख ७०४ नम्बरको यात्रुवाहक बस रोक्ने क्रममा सन्जेल खसेकी थिइन् । दुर्घटनापछि गम्भीर घाइते सन्जेलको उपचारको लागि बिएण्डबी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपीले जानकारी दिए । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!