जनकपुरधाममा हतियारसहित आएका तीन जनाले लुटे सहकारीका कर्मचारीबाट ८० लाख

Posted on: 06 May, 2024

 बैशाख २४, जनकपुरधाम । जनकपुरधाममा दिउँसै ८० लाख रुपैयाँ लुटपाट भएको छ। जनकपुरधामस्थित रहेको बैंकबाट रकम झिकेर गइरहेका सहकारी संस्थाको कर्मचारीबाट रकम लुटपाट भएको हो।

जनकपुरधाम उपमहानगरपालिका- १९ स्थित थुमौनामा हतियारसहित आएका तीन जनाले रकम लुटपाट गरेको प्रहरीले जनाएको छ।


धनुषाकै सबैला नगरपालिका- १२ मा रहेको श्रीशुभ बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्र महतोको साथबाट रकम लुटपाट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीका अनुसार महतो जनकपुरधामस्थित हिमालयन बैंकबाट रकम झिकेर एक महिलासँग रघुनाथपुर फर्किँदै थिए।

यस घटनाको सम्बन्धमा थप विवरण आउन भने बाँकी छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!