सुहाङको प्रतिवद्धता- बुबाले देखाउनुभएकाे बाटाेबाट विचल्लित हुन्नँ

Posted on: 24 Apr, 2024

बैशाख १२, इलाम । इलाम क्षेत्र नं. २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले गल्ति कमजोरीहरुलाई केलाउँदै इलामको विकासका लागि अगाडि बढ्नु पर्ने बताएका छन् ।

उनले वाम गठबन्धन सरकारले गर्न थालेका कामले पूर्णता दिलाउन सुवास नेम्वाङले देखाएको बाटोलाई समाएर इलामेली जनता अघि बढ्नु पर्ने बताए ।


इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेम्वाङले सुवासले देखाउनु भएको बाटोबाट आफू कतै विचलित नहुने बताए । उनले भने, ‘उहाँले देखाउनुभएको उज्यालोको बाटोलाई समाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

इलाममा उनले चुनावी एकता मात्र नभएर कम्युनिष्ट पार्टीको एकताको सुरुवात भएको बताए ।

उनले नेपाली समाज इन्द्रेणी जस्तै रंगीन भएको बताउँदै सुहाङले जातीय पहिचानको नाममा कसैलाई पनि उच्छृंखल भएर प्रस्तुत नहुन आग्रह गरे । सुख, दुःख, विकास सबै कुरा कुनै एउटा जातलाई मात्र नहुने बताउँदै उनले जातीय विभेदको अफवाह र भ्रम नफैल्याउन र त्यस्ता भ्रममा नपर्न उनले सबैलाई अनुरोध गरे । उनले एकले अर्कालाई गाली गरेर होइन हाँसेर जनताको बीचमा जानु पर्नेमा जोड दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!